अध्यादेशविरुद्ध संसद्मा नबोल्न निर्देशन दिएको कांग्रेसले बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस १३ माघ २०८१ ६:४१ | Sunday, January 26, 2025
अध्यादेशविरुद्ध संसद्मा नबोल्न निर्देशन दिएको कांग्रेसले बोलायो संसदीय दलको बैठक फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। शनिबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्दैछ।

बैठकमा संसदमा दर्ता भएका विधेयक, अध्यादेश लगायतबारे संसदीय दलको एकै धारणासहित संसदमा प्रभावकारी उपस्थिति बनाउनेबारे छलफल हुनेछ। संसदीय दल बैठकअघि शनिबार सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेको थियो।

छलफलमा संसदमा दर्ता भएका विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन सभापति देउवाले निर्देशन दिएका थिए।

प्रकाशित: १३ माघ २०८१ ६:४१ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast