अदालतमा उपस्थित भए रवि, न्यायाधीश योगीको इजलासमा थुनछेक बहस हुँदै

हिमाल प्रेस ९ माघ २०८१ ११:२७ | Wednesday, January 22, 2025
अदालतमा उपस्थित भए रवि, न्यायाधीश योगीको इजलासमा थुनछेक बहस हुँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन्। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन पक्राउ पुर्जी जारी भएसँगै उनी अदालत उपस्थित भएका हुन्।

लामिछानेको मुद्दामा आज थुनछेक बहस हुँदैछ। उनको मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा  अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। लामिछाने मंगलबार भैरहवा पुगेका थिए।

प्रकाशित: ९ माघ २०८१ ११:२७ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast