चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते

हिमाल प्रेस १६ पुष २०८१ १७:४७
270
SHARES
चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते

काठमाडौँ- चितवनको रत्ननगरपालिका-१६ मा गैँडाको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ। मंगलबार मध्याह्न १२ बजेको समयमा रत्ननगरका स्थानीयहरूमाथि गैँडाले आक्रमण गरेको हो। दुर्घटनामा परेर रत्ननगर-१६ बस्ने ७० वर्षकी कृष्णकुमारी थापा गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन्।

रत्ननगर-१६ कै ७८ वर्षीय डम्बरबहादुर थापा, रत्ननगर-१४ की ६० वर्षीया मिना गुरूङ, रत्ननगर-१२ का ७२ वर्षीय चेतनाथ चौलागाईं, ३९ वर्षीया सीता पोखरेल र वर्ष २५ का पुजन विक घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम छ।

पोखरेलको सीएमसी शिक्षण अस्पतालमा र अरूको भरतपुरकै सरकारी अस्पतालमा उपचार भइरहेको छ। चितवनकै खैरहनी हुँदै आएको उक्त गैँडालाई स्थानीयले जंगलतर्फ लखेटेका छन्।

प्रकाशित: १६ पुष २०८१ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast