चितवनमा गैंडाको आक्रमणबाट वृद्धको मृत्यु

हिमाल प्रेस ५ साउन २०८० ११:५८
8
SHARES
चितवनमा गैंडाको आक्रमणबाट वृद्धको मृत्यु प्रतीकात्मक तस्बिर।

चितवन– पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका-६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैंडाले आक्रमण गरेको हो।

साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शब आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

प्रकाशित: ५ साउन २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =