राहत शिक्षकसँग गरिएका सहमति हुबहु कार्यान्वयन गर्न माग

हिमाल प्रेस १४ पुष २०८१ १३:३९
7.0k
SHARES
राहत शिक्षकसँग गरिएका सहमति हुबहु कार्यान्वयन गर्न माग

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिका सहसंरक्षक कुमार बजगाईँले सरकारले राहत शिक्षकलाई व्यवस्थापन नगरे आन्दोलनको आँधीबेरी आउने चेतावनी दिएका छन्।

कपिलवस्तुको तौलिहवामा समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै बजगाईँले राहत शिक्षकसँग सरकारले गरेका सहमति हुबहु कार्यान्वयन नगरे आन्दोलनको आँधीबेरी आउने चेतावनी दिएका हुन्।

उनले भने, ‘हामीसँग गरेका सम्झौता सरकारले हुबहु कार्यान्वयन गरेन भने नेपाल राहत शिक्षक केन्द्रीय समिति ठूलो आन्दोलनसहित सडकमा आउने चेतावनी दिन चाहन्छ।’

सरकारले विशेष अवस्थामा जन्माएको देशभरका ४२ हजार राहत शिक्षकको सहज व्यवस्थापन गर्ने दायित्व सरकारको नै भएको उनले बताए।

उनले भने, ‘कोही पनिले  साथी विस्तापित नहुने गरी स्थापित हुनुपर्छ। राहत आफैँ जन्मेको होइन सरकारले जन्माएको हो। त्यसैयसको सहज व्यवस्थापन गर्ने दायित्व पनि सरकारको नै हो।’

बैठकमा अन्य शिक्षक नेताहरूले राहत शिक्षकका सम्पूर्ण माग समेटिएर शिक्षा ऐन यथाशीघ्र आउनुपर्ने बताए।

सरकारले ऐन जारी गर्न ढिलाइ गर्दा हजारौं शिक्षक उमेद हदका कारण खालीहात अवकाश हुन बाध्य छन्।

राहत शिक्षकलाई जागिरबाट त्यत्तिकै निकाल्दा परिणाम राम्रो हुँदैन : कुमार बजगाईँ (भिडियो अन्तर्वार्ता)

प्रकाशित: १४ पुष २०८१ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast