रविकी पत्नी निकिताविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा

हिमाल प्रेस ७ पुष २०८१ १५:१४ | Sunday, December 22, 2024
रविकी पत्नी निकिताविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा दर्ता भएको छ। जिल्ला अदालत कास्कीमा आइतबार पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको हो। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरणमा रविसँगै पत्नी निकितालाई पनि मुद्दा लगाएको कार्यालयकी सूचना अधिकारी सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन्।

रविलाई सरकारी वकिलले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा प्रतिवादी बनाएको छ। ‘निकितालगायतलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ’, शर्माले भनिन्।
लामिछानेको सम्पत्ति पौडेलमा गएको भन्दै जफत गर्न प्रतिवादी बनाइएको शर्माले जानकारी दिइन्।

सम्पत्ति शुद्धीकरणको मुद्दामा रविसँग २७ करोडभन्दा बढीको बिगो मागदाबी गरिएको छ। लीला पछाई, उनकी आमा राधा पछाई, दिदी गीता पछाई, पूर्व डीआइजी छविलाल जोशी, उनकी पत्नी पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको शर्माले बताइन्। उनीहरूसँगै जीबी राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ।

आइतबार दर्ता गरिएको पूरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३१ जनालाई सहकारी ठगीमा कसुर दायर भएको हो। आठ कम्पनी र चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको शर्माले बताइन्।

उनका अनुसार सम्पत्ति शुद्धीकरणमा रवि, छवि, रामप्रसाद खनाल र लीला पछाईविरुद्ध मुद्दा दायर भएको हो। यसअघि सरकारी वकिलले शुक्रबार जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरेको थियो।

रवि लामिछानेविरुद्ध तीन अभियोगमा मुद्दा दायर

के हुन्छ रवि लामिछानेको सांसद पद?

प्रकाशित: ७ पुष २०८१ १५:१४ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast