५१ औं दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’

हिमाल प्रेस ५ पुष २०८१ ११:२८
6
SHARES
५१ औं दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौँ- सर्वाधिक कमाउने नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ५१ दिनमा प्रवेश गरेको छ। प्रदर्शनरत फिल्मले शुक्रबार (आज) ३८ हलमा ५१ दिन मनाउँदै छ।

तिहारको अवसरमा गत कात्तिक १५ देखि प्रदर्शनरत फिल्मले आज ३८ हलमा ५१ दिन मनाउने टिमले जनाएको छ।

फिल्मले ६ सातामा ४९ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको टिमको दाबी गरेको थियो। त्यसपछिको कलेक्सन आज सार्वजनिक गर्ने बताएको छ।

गन्धर्व समुदायको कथामा आधारित फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ।

फिल्ममा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका पूर्णबहादुर (विजय) को कथा प्रस्तुत गरिएको छ। महेश दवाडीको पटकथा र संवाद रहेको फिल्मका निर्देशक सरोज पौडेल हुन्।

फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेललगायतको अभिनय छ।

फिल्मको ‘रैया चाँदीको’, ‘मैझारो’, ‘दाहिने हातैमा’ र ‘काँधेकुरी’ बोलका गीत श्रोतादर्शकले निकै रुचाएका छन्। सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।

 

‘पूर्ण बहादुरको सारङ्गी’ बन्यो सबैभन्दा बढी कमाउने नेपाली फिल्म

प्रकाशित: ५ पुष २०८१ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast