काठमाडौँ- थापागाउँस्थित मण्डला नाटकघरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ। अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो।
अभिनेता तथा निर्देशक हुसेनकाअनुसार नाटकमा चिठी पु¥याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ।
नाटकमा नाजिरसहित विजय बराल, रियुल्साङ, सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ। नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने टिमको भनाइ छ। साथै नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने ‘हरि हजुरबा’ टिमको अपेक्षा छ।
नाटकमा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङले लगानी गरेका छन्। पुस २८ सम्म मञ्चन हुने नाटक सोमबार बाहेक साताको प्रत्येक दिन साँझ ५ः १५ बजे मञ्चन हुनेछ। शनिबार नाटकको दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।