विद्युतीय सवारीसाधन आजको आवश्यकता : मन्त्री दाहाल

हिमाल प्रेस ३० मंसिर २०८१ १५:३४
16
SHARES
विद्युतीय सवारीसाधन आजको आवश्यकता : मन्त्री दाहाल

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विद्युतीय सवारीसाधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गरे। उनले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गरे।

उनले पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताए। उनले त्यसको व्यवस्थापन संसारका लागि नै चुनौती बनिरहेको बताए। उनले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोसिस गरिरहेको बताए।

उनले भने, ‘इलेक्ट्रिक भेइकल आजको आवश्यकता हो। मन्त्रालयले यसको पूर्वाधार र ब्याकअप विकासमा जोड दिइरहेको छ। इभी नै पूरा समाधान त होइन, यसमा पनि धेरै प्रश्न उठेका छन्। जस्तो ब्याट्री डिस्पोजका समस्या आज ज्वलन्त रूपले उठिरहेको छ। यसमा हामीले ध्यान दिइरहेका छौँ तर यो विषय पनि आत्तिहाल्नुपर्ने विषय छैन। यसको निकास अवश्य निस्केला।’

मन्त्री दाहालले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए।

प्रकाशित: ३० मंसिर २०८१ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast