काठमाडौँ- नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएकी छन्। शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार हुन्।
मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशमा मतगणना सकिँदा शर्माले निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्। मधेशमा खसेको ७७२ मत शर्माले लिएको अग्रताभन्दा कम हो।
पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टले २ हजार ८ सय २९ मत पाएका छन्।
आइतबार औपचारिक रूपमा अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी छ। शर्मालाई पत्रकारहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन्।
प्रकाशित: २९ मंसिर २०८१ २१:१७
प्रतिक्रिया