जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

हिमाल प्रेस २७ मंसिर २०८१ ७:५१
16
SHARES
जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

सुर्खेत- जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडा नम्बर-३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ग ३ च ९४४५ नम्बरको जिप गए राति दुर्घटना भएको हो।

दुर्घटनामा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए।

घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २७ मंसिर २०८१ ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast