रवि लामिछानेमाथि राज्यले अमानवीय व्यवहार गर्‍यो : पुष्पकमल दाहाल

हिमाल प्रेस २४ मंसिर २०८१ १५:१८
16
SHARES
रवि लामिछानेमाथि राज्यले अमानवीय व्यवहार गर्‍यो  : पुष्पकमल दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले निरङ्कुश व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत दाहालले अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित व्यक्तिमाथि अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको भन्दै यसलाई रोक्न उनले आग्रह गरेका हुन्।

‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु’ लामिछानेले भने।

प्रहरीले रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखेको छ। उनलाई कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन बयान सकेर आज पर्सा लगिएको छ। उनलाई त्यहाँ बयान सकेर कास्की नै फर्काइनेछ। यसअघि लामिछानेका विषयमा यसरी नखुलेका दाहाल आज भने प्रष्ट रुपमा उनको समर्थन खुलेका हुन्।

दाहाल प्रधानमन्त्री हुँदा लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए।

प्रकाशित: २४ मंसिर २०८१ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast