हवाई र स्थलमार्गबाट आउने पर्यटकको समस्या पहिल्याउन अन्तर मन्त्रालय छलफल भइरहेको छ : मन्त्री पाण्डे

हिमाल प्रेस २३ मंसिर २०८१ १८:३८
14
SHARES
हवाई र स्थलमार्गबाट आउने पर्यटकको समस्या पहिल्याउन अन्तर मन्त्रालय छलफल भइरहेको छ : मन्त्री पाण्डे

धनगढी– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई र स्थलमार्गबाट आउने पर्यटकले भोग्नु परेका समस्याको समाधान गर्नका लागि आफू लागिपरेको बताएका छन्।

कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीति बारे सरकार र नीजि क्षेत्रबीचको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले भने, ‘सडक मार्गका पूर्वाधारहरू समेत सहज बनाउन पर्ने देखिन्छ। प्रत्येक पर्यटकले हवाई र सडक यातायातबाट सास्ती बेहोर्नुपर्ने समस्याको अन्त्य हुनुपर्छ।’

उनले हवाई र स्थलमार्गबाट आउने पर्यटकको समस्याको पहिचान गरी त्यसको समाधानका लागि अन्तरमन्त्रालय छलफल भइरहेको बताए।

विविधतापूर्ण संस्कृति र प्राकृतिक विविधताका दृष्टिकोणले समेत भरिपूर्ण रहेको स्मरण गर्दै उनले सुदूरपश्चिम देवहरूको भूमि रहेकाले यहाँको महत्व निकै बढेको समेत बताए।

मन्त्री पाण्डेले सुदूरपश्चिम जल, जंगल र जडीबुटीलगायतका पर्यटकीय क्षेत्रका दृष्टिकोणले निकै माथि रहेको समेत प्रष्ट पारे।

उनले यस क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताउँदै सुदूरपश्चिमलाई कैलाश मानसरोवरसँग जोड्न सके फाइदा पुग्ने उल्लेख गरे।

उनले धार्मिक,पर्यटकीय दृष्टिकोणले भारतीय पर्यटक भित्र्याउन सकेको अवस्थामा मात्रै ठूलो लाभ लिन सकिने बताए।

प्रकाशित: २३ मंसिर २०८१ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast