विद्यालय शिक्षा विधेयकबारे छलफलमा गणपूरक संख्या पुगेन

हिमाल प्रेस २३ मंसिर २०८१ १५:२९
3.1k
SHARES
विद्यालय शिक्षा विधेयकबारे छलफलमा गणपूरक संख्या पुगेन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षामन्त्री विद्या भट्टराईलगायत।

काठमाडौँ-  प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बैठक स्थगित भएको छ। कोरम नपुगेका कारण बैठक स्थगित गरिएको समिति सभापति अम्बरबहादुर थापाले जानकारी दिए।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची थियो। गणपूरक संख्या नपुगेका कारण बैठक स्थगित गरिएको थापाले बताए। उनका अनुसार बैठक सोमबार फेरि राखिएको छ।  २४ सदस्य रहेको समितिको बैठक बस्न १३ जना हुनुपर्छ। बैठकमा सहभागी हुनका लागि शिक्षामन्त्री विद्या भट्टराई पनि समितिमा उपस्थित भएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast