एनपीएल : लुम्बिनीले बलिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा

हिमाल प्रेस २२ मंसिर २०८१ ८:४२
6
SHARES
एनपीएल : लुम्बिनीले बलिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन्। सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको छ।

लुम्बिनीले सुरुवाती दुवै खेलमा हार बेहोरेर दबाबमा छ। पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो।

सुदूरपश्चिम भने लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो ।
प्रकाशित: २२ मंसिर २०८१ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast