नाच्दानाच्दै बेहोस भएकी विद्यार्थीको मृत्यु

हिमाल प्रेस २१ मंसिर २०८१ २१:०५
26
SHARES
नाच्दानाच्दै बेहोस भएकी विद्यार्थीको मृत्यु प्रतीकात्मक तस्बिर।

लमजुङ- बेँसीसहर नगरपालिका-७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ।

कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका-८ को ओमबहादुर तामाङकी १४ वर्षीय छोरी बिन्ती तामाङको आज (शुक्रबार) दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

जिल्ला प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आगामी पुस २४ गते प्याब्सनको कार्यक्रमको लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा अचानक ढलेर बेहोस भएकी उनलाई लमजुङ अस्पतालमा उपचारको लागि ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। मृत्युको कारण भने खुलिनसकेको प्रनाउ श्रीवास्तवले बताए।

प्रकाशित: २१ मंसिर २०८१ २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast