काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन्। उनले राष्ट्रपति पौडेल र उनका परिवारजनलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
चिकित्सकका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मंसिर १९ गते शल्यक्रिया भएको थियो।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ।
प्रकाशित: २१ मंसिर २०८१ १८:०९
प्रतिक्रिया