चितवन कारागारमा कैदीबन्दीको चाप

हिमाल प्रेस २१ मंसिर २०८१ १३:०६
20
SHARES
चितवन कारागारमा कैदीबन्दीको चाप

चितवन- चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ।

कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार साउनमा १६, असोजमा एक र मंसिरमा ७९ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ। साउनमा आठ जनालाई रसुवा, एक जनालाई गोरखा, एक जनालाई तनहुँ र ६ जनालाई केन्द्रीय कारागार काठमाडौँ पठाइएको उनले बताए।

यस्तै मंसिरमा स्थानान्तरण गरिएका ७९ कैदीबन्दीलाई नुवाकोट कारागार पठाइएको प्रमुख आचार्यले जानकारी दिए। स्थानान्तरण गर्नुअघि चितवन कारागारमा आठ सय १९ कैदीबन्दी रहेका थिए।

जसमा सात सय ७२ पुरुष र ४७ महिला रहेका थिए। मंसिरमा स्थानान्तरण गरिएकामध्ये दुई महिला र ७७ पुरुष रहेको प्रमुख आचार्यले बताए। अहिले कारागार कार्यालयमा सात सय ५६ कैदीबन्दी छन्। जसमा ७०३ पुरुष र ५३ महिला रहेका छन्। उनीहरूसँग आश्रित तीन बालबालिका रहेका छन्।

दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दी राख्ने भएके चितवन कारागारमा न्यायिक तथा अर्धन्यायिक निकायबाट आउने कैदी तथा बन्दीको संख्याभन्दा कैद म्याद सकिनेको संख्या कम भएकाले स्थानान्तरण गर्न बाध्य भएको प्रमुख आचार्यले बताए।

पछिल्ला दिनमा लागुऔषध सम्बन्धि कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ। कारगारमा छिमेकी जिल्ला नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) बाटसमेत कैदीबन्दी आउने हुँदा चाप बढेको हो।

प्रकाशित: २१ मंसिर २०८१ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast