त्रिविले ५०औँ स्वर्ण दीक्षान्त मनाउँदै, १४ हजार विद्यार्थीलाई दीक्षित गरिने

हिमाल प्रेस २१ मंसिर २०८१ १०:३७
18
SHARES
त्रिविले ५०औँ स्वर्ण दीक्षान्त मनाउँदै, १४ हजार विद्यार्थीलाई दीक्षित गरिने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदैछ। समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ।

समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए।

उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन्। सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ।

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजाार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन्।

समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ।

प्रकाशित: २१ मंसिर २०८१ १०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast