बीआरआई सम्झौता स्वागतयोग्य, तर कार्यान्वयन हुँदैन : कमल थापा

हिमाल प्रेस २१ मंसिर २०८१ ९:४५
8
SHARES
बीआरआई सम्झौता स्वागतयोग्य, तर कार्यान्वयन हुँदैन : कमल थापा

हेटौँडा- राप्रपा नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले छिमेकी मुलुक चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)सम्झौता कार्यान्वयन हुन नसक्ने बताएकाछन्।

बीआरआई सम्झौता स्वागतयोग्य भएपनी यो सम्झौता कार्यान्वयनमा आशंका गरेका छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको ४ दिने औपचारिक भ्रमण सकाएर विभिन्न सम्झौता गरेर फर्कँदै गर्दै पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीले चीनसँगको सम्झौता कार्यान्वयन नहुने दाबी गरेका छन्।

बिहीबार गृहनगर हेटौँडामा आफ्नो पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ माथि वार्ता कार्यक्रममा सहभागी थापाले बीआरआईबाट मुलुकले लाभ लिनुपर्ने भए पनि कार्यान्वयन नै हुन नसक्ने जीकिर गरे।

चीनसँगको बीआरआई सम्झौताबाट मुलुकले लाभ लिनुपर्ने उनको भनाइ थियो। बीआरआई सम्झौताको विषय चिन्ता लिनुपर्ने विषय नभएको जीकिर गर्दै अध्यक्ष थापाले भने, ‘बीआरआई सम्झौता स्वागत योग्य छ । तर यो कार्यान्वयन हुन्न। लगानीको मोडलका विषयमा कांग्रेस एमाले बीच नै मतभेद छ। अनेक अर्थ लाग्ने अस्पष्ट छ। चीन र नेपालबीच नै मतभेद छ।’

थापाले प्रधानमन्त्रीको आग्रहमा प्रधानमन्त्रीको इज्जतका लागि चीन सम्झौता मात्रै भएको उनको भनाइ छ।

प्रकाशित: २१ मंसिर २०८१ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast