वासिङ्टन, डिसी (अमेरिका ) – अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार मंगलबारदेखि उनी दक्षिण एसियाली मुलुकमा भ्रमणमा निस्किएका छन्। सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलंका, त्यहाँबाट भारत र त्यसपछि नेपाल भ्रमण गर्नेछन्। उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ।
नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्ने कार्य्रकम छ।
पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक परराष्ट्र मन्त्रीले छलफल गर्ने परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। रासस