परराष्ट्रमन्त्री साउदसँग अमेरिकी सहायक विदेशमन्त्रीले लिए एमसीसी कार्यान्वयनबारे जानकारी

हिमाल प्रेस २९ असार २०८० १७:५२
44
SHARES
परराष्ट्रमन्त्री साउदसँग अमेरिकी सहायक विदेशमन्त्रीले लिए एमसीसी कार्यान्वयनबारे जानकारी

काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे जानकारी लिएका छन्। परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपराह्न मन्त्रालयमा भएको भेटमा उनले एमसीसी कार्यान्वयनबारे बुझेका हुन्।

भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति भएपछि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगमा हुने बढोत्तरी र दुई मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री साउदले सहायकमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे। लुले अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्छन्।

सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए। भेटका क्रममा उनले अमेरिकामा ठुलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्‍याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे।

प्रकाशित: २९ असार २०८० १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =