काठमाडौँ- कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता बढाउँदै लगेका छन्। ९ वटा वडाको मत गनिसक्दा डंगोलले ४ हजार ७६८ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका शिवशरण महर्जनलाई एक हजार बढी मतान्तरले पछाडि छन्। महर्जनले ३ हजार ६६६ मत ल्याएका छन्।
अहिले वडा नं. १० को मतगणना भइरहेको छ।
२०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन भएको हो। अघिल्लो निर्वाचनमा नकर्मीले ९ हजार ४३ मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका थिए।
त्यो निर्वाचनमा पनि कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले रहेको थियो। एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका थिए।
उपनिर्वाचनमा कांग्रेसका डंगोलले एमालेका महर्जनलाई पराजित गर्दै मेयरमा निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका शिवशरण महर्जन ३ हजार ३२७ मत ल्याएर तेस्रो भएका छन्।
कीर्तिपुरमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल गर्ने सहमति भएको थियो। कीर्तिपुरमा माओवादी केन्द्र र काठमाडौँ वडा नम्बर १६ मा एकीकृत समाजवादीलाई सघाउने दुवै दलबीच सहमति थियो।
एकीकृत समाजवादीको साथ पाएपछि आशावादी देखिएको माओवादी केन्द्र कीर्तिपुरमा नतिजा निकाल्न सकेन। त्यस्तै काठमाडौँ वडा नम्बर १६ मा पनि एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार पराजित भएका छन्।