
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा काठमाडौँ गुर्खाजविरुद्ध चितवन राइरोजले टस जितेको छ। टीयू क्रिकेट मैदान कीर्तिपुरमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका हुन् ।
सोमबारको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस हारेर ब्याटिङ गर्दैछन्। शनिवारबाट सुरु लिगमा आज दुई खेल हुदैछ । आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन्।
कर्णाली र जनकपुरबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ।
जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ। राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन्।