काठमाडौँ- ओखलढुंगाको मोलुङ गाउँपालिका-५ अध्यक्षको उपनिर्वाचनमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। ३०० मत गनिसक्दा एमालेका गंगा तामाङले १५३, कांग्रेसका घनश्याम दाहालले ७०, रास्वपाका उम्मेदवार विष्णु पोखरेलले ५८ र माओवादी केन्द्रका मानबहादुर सुनुवारले ८ मत प्राप्त गरेका छन्।
यहाँ कुल मत ७६८ मत खसेको छ। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।
प्रकाशित: १६ मंसिर २०८१ २०:४५
प्रतिक्रिया