स्रोत नखुलेको ९२ लाखसहित जोरपाटीबाट तीनजना पक्राउ

हिमाल प्रेस १० पुष २०८१ १५:०४ | Wednesday, December 25, 2024
स्रोत नखुलेको ९२ लाखसहित जोरपाटीबाट तीनजना पक्राउ फाइल तस्बिर

काठमाडौँ- स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित तीनजना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ, संखुवासभाका सन्तोष खाती र सिन्धुपाल्चोकका रविन धमला छन्।

उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले कहाँबाट रकम ल्याएर कहाँ लैजाँदै थिए भन्ने अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए।  पक्राउ परेकाहरू सुन कारोबार गर्नेहरू रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित: १० पुष २०८१ १५:०४ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast