सुनसरीमा पेस्तोलसहित एक पक्राउ

हिमाल प्रेस ९ पुष २०८१ ११:४८ | Tuesday, December 24, 2024
सुनसरीमा पेस्तोलसहित एक पक्राउ

इटहरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मंसुरी चौकमा चाइनिज पेस्तोल र दुई राउन्ड गोलीसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले शुक्रबार साँझ उक्त व्यक्तिलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

सुनसरी जिल्ला प्रहरी प्रहरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार भोक्राहा २ का ३८ वर्षीय शमशेर आलम रहेका छन्। स्थानीय खुर्सित अन्सारीको घरमा अवैध हतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मारिएको तिमल्सिनाले जानकारी दिए।

लुकाएर राखेको ठूलो चाइनिज पेस्तोल एकथान, पेस्तोलमा लाग्ने म्यागजिन एकथान र २ राउन्ड गोलीसहित आलमलाई पक्राउ गरेको हो। घरधनी अन्सारी भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घरको पुरानो भान्छा कोठाको टिनको छाना मुनी काठको चौकोसमा कालो प्लास्टिकमा लुकाएको अवस्थामा पेस्तोल बरामद गरिएको डीएसपी तिमल्सिनाले बताए।

घटनास्थलबाट आलमलाई पक्राउ गरिएको हो। पक्राउ परेका आलमविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को हात हतियार खजाना सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। अवैध हतियार राखिएको सूचना पाएपछि प्रहरीले उक्त क्षेत्रमा विशेष निगरानी बढाएको थियो।

प्रकाशित: ९ पुष २०८१ ११:४८ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast