सानदार जितले प्रिमियर लिगको शीर्षमा लिभरपुलको फराकिलो अग्रता

हिमाल प्रेस ८ पुष २०८१ ७:५७ | Monday, December 23, 2024
सानदार जितले प्रिमियर लिगको शीर्षमा लिभरपुलको फराकिलो अग्रता टोटेनहममाथि गोल गरेपछि लिभरपुलका फरवर्ड मोहम्मद सलाहा।

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा टोटेनहममाथिको सानदार जितले लिभरपुल शीर्षमा पुगेको छ। टोटेनहममाथि ६–३ गोलले गोलको जितले लिभरपुल ४ अंकको शीर्षमा पुगेको हो। दोस्रो स्थानमा रहेको चेल्सीको ३५ अंक छ।

चेल्सीभन्दा एक खेल कम खेलेको लिभरपुललाई अबको हार वा बराबरीले पनि शीर्षमा असर गर्ने छैन। टोटेनहमको मैदानमा लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले समान २ ,म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे।

टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे। लिभरपुलको‌ १६ खेलबाट ३९ अंक पुगेको छ।

चेल्सीले आइतबार एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। टोटेनहम २३ अंकका साथ ११ औं स्थानमा छ।

प्रकाशित: ८ पुष २०८१ ७:५७ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast