सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन हेडक्वाटरको निर्देशन

हिमाल प्रेस ११ पुष २०८१ ८:५० | Thursday, December 26, 2024
सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन हेडक्वाटरको निर्देशन प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले लामो समयदेखि बिनाजानकारी सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ। तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेका दुई सहायक हवलदार र प्रहरी जवानसहित ३० जनालाई सम्पर्कमा आउन भनिएको हो।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा आउन उनीहरूलाई निर्देशन दिएको हो। तोकिएको समयभित्र नआए उनीहरूलाई सेवाबाटै हटाउने चेतावनी पनि कार्यालयले दिएको छ।

प्रकाशित: ११ पुष २०८१ ८:५० | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast