श्रीलंकाको राजदूतमा पूर्णबहादुरको नाम संसदीय समितिबाट अनुमोदन

हिमाल प्रेस १४ पुष २०८१ १५:४० | Sunday, December 29, 2024
श्रीलंकाको राजदूतमा पूर्णबहादुरको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौँ- संघीय संसदको संसदीय सुनुवाई समितिले श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाई गर्दै उहाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।

मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो। समितिमा प्रस्तावित राजदूतको सुनुवाई पछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

सभापति न्यौपानेले समावेशीताका आधारमा राजदूत नियुक्त गर्न यसअघि ध्यानाकर्षण गराएपछि सरकारले त्यसलाई सकारात्मक रुपमा लिएर त्यही अनुसारको सिफरिस गरेको भन्दै धन्यवाद दिइन्। आगामी दिनमा पनि संविधानको भावना अनुसार सभावेशीताका आधारमा सिफरिस हुने उनको विश्वास छ।

त्यसअघि संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत नेपालीले श्रीलंकासंग आर्थिक कूटनीतिलाई अघि बढाउने र मुलुकको आर्थिक विकासका लागि भूमिका खेल्ने बताए। त्यस्तै उनले धार्मिक पर्यटन बृद्धि गर्न पनि श्रीलंकामा आवश्यक काम गर्ने बताए।

संसदीय समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रकाशित: १४ पुष २०८१ १५:४० | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast