विद्यालय अनुगमनमा पुगेकी शिक्षामन्त्री भट्टराईलाई विद्यार्थीले भने : व्यवहारिक शिक्षा चाहियो

हिमाल प्रेस १० पुष २०८१ १०:१६ | Wednesday, December 25, 2024
विद्यालय अनुगमनमा पुगेकी शिक्षामन्त्री भट्टराईलाई विद्यार्थीले भने : व्यवहारिक शिक्षा चाहियो

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई राजधानीका विद्यालय अनुगमनमा पुग्दा विद्यार्थीले व्यवहारिक शिक्षा माग गरेका छन्। शिक्षामन्त्री भट्टराईले मंगलबार जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालय, ललितपुरको न्यु मिलिनियम स्कुल र बुढानीलकण्ठको इम्पेरियल वर्ल्ड स्कुलको अनुगमन गरेकी थिइन्।

सो क्रममा भट्टराईले विद्यालयको शैक्षिक अवस्था, शिक्षण सिकाइ, पाठ्यक्रमको प्रभावकारिता र कार्यान्वयनको अवस्थाकाबारे जानकारी लिइन्। मन्त्री भट्टराईले निरीक्षणका क्रममा कक्षाकोठामा पुगेर पाठ्यक्रमको अभ्यास, पाठ्यक्रममा देखिएका समस्या, अध्ययन गर्दैगर्दा भोगेका समस्या तथा सिकाइबारेमा विद्यार्थीहरूसँग सोधेकी थिइन्।

सो क्रममा विद्यार्थीहरूले नेपालको विद्यालय शिक्षा सुधारमा मन्त्रीका योजनाका बारेमा प्रश्न गरेका थिए। साथै विद्यार्थीहरूले सैद्धान्तिक पढाइभन्दा प्रयोगात्मक तथा व्यवहारिक शिक्षा आफूहरूलाई आवश्यक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेको थिए।

खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफूहरूलाई व्यवहारिक शिक्षा चाहिएकोले तालिमको पनि व्यवस्था गरिदिन माग गरेको थिए। अवलोकनपछि मन्त्री भट्टराईले विशेष शिक्षाका बारेमा राज्यले छुट्टै अवधारणा बनाएर विद्यार्थीहरूको सिकाइमा ध्यान दिनुपर्ने र त्यसबारे आफूले विशेष पहल गर्ने बताइन्।

त्यसैगरी संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच ज्ञान तथा शिक्षण सिकाइको आदान प्रदान गर्नुपर्ने, प्रोग्रेसिभ एजुकेशनको अवधारणालाई सबै विद्यालयमा लैजान आवश्यक रहेको र विद्यार्थीहरूलाई समान शिक्षा दिनुपर्ने बताइन्। आगामी दिनमा अन्य सामुदायिक विद्यालय पनि अवलोकन गर्ने मन्त्री भट्टराईको भनाइ छ।

प्रकाशित: १० पुष २०८१ १०:१६ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast