रुकुमपूर्वमा अटोरिक्सा दुर्घटनामा एक बालकको मृत्यु

हिमाल प्रेस २६ मंसिर २०८१ ९:३२ | Wednesday, December 11, 2024
रुकुमपूर्वमा अटोरिक्सा दुर्घटनामा एक बालकको मृत्यु

रुकुमपूर्व- रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। राति करिब ११ बजेको समयमा रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परी चालकसहित ४ जना घाइतेसमेत भएका छन्।

लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका–६ कि १२ वर्षीया बिष्णु बुढाको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिम बहादुर केसीको अनुसार अटो दुर्घटनामा एकको मृत्यु र चालकसहित ४ घाइते भएका छन्।

घाइते हुनेमा एउटै घरको १४ वर्षकी सुशिला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षको महेन्द्र बुढा र सो गाउँपालिकाको अटो चालक तोपबहादुर कार्की घाइते भएको बताएको छ।

प्रकाशित: २६ मंसिर २०८१ ९:३२ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast