रास्वपाले बोलायो केन्द्रीय समितिको विस्तारित बैठक

हिमाल प्रेस १२ पुष २०८१ १८:४७ | Friday, December 27, 2024
रास्वपाले बोलायो केन्द्रीय समितिको विस्तारित बैठक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ। शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो।

केन्द्रीय समितिको विस्तारित बैठक पुस १९ देखि २१ गतेसम्म बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

सचिवालय बैठकले केन्द्रीय विभाग तथा आयोगमा सदस्यहरूको मनोनयनसमेत गरेको छ।

केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ता कमलप्रसाद पोखरेल (नवलपरासी) र अधिवक्ता हरिचन्द्र भट्टराई (ताप्लेजुङ) मनोनित भएका छन्।

त्यस्तै केन्द्रीय संगठन विभागका सदस्यमामा धर्म केसी (लम्जुङ), गोपाल घिमिरे (रूपन्देही) र डा. विमल तिवारी (सिरहा) मनोनित भएका प्रवक्ता झाले जानकारी दिए।

सचिवालय बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले ६० जिल्लामा सम्पन्न भएको विवरण पेश गरेका थिए।

प्रकाशित: १२ पुष २०८१ १८:४७ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast