मेलबर्न टेस्टमा अस्ट्रेलियासँग भारत १८४ रनले पराजित

हिमाल प्रेस १५ पुष २०८१ १५:३३ | Monday, December 30, 2024
मेलबर्न टेस्टमा अस्ट्रेलियासँग भारत १८४ रनले पराजित

काठमाडौँ- मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनको अन्तरले पराजित गरेको छ। यसका साथै बोर्डर–गावस्कर ट्रफीमा घरेलु टोली अस्ट्रेलियाले २–१ को अग्रता लिएको हो।

अस्ट्रेलियाले जितका लागि भारतसमक्ष ३४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा उत्रिएको भारतीय टिम १५५ रनमा अलआउट भयो।

भारतको तर्फबाट दोस्रो इनिङमा सबैभन्दा बढी रन यशस्वी जयसवालले बताए। जयसवालले ८४ रन बनाउँदा ऋष पन्तले ३० रन जोडे। यी दुईबाहेक भारतको अरू कुनै पनि ब्याटर दोहरो अंकमा रन बनाउन सकेनन्।

अस्ट्रेलियाका लागि सर्वाधिक विकेट कप्तान पैट कमिन्स र स्कट बोलैन्डले लिए। दुवै जनाले समान ३–३ विकेट लिएका छन्। त्यस्तै नाथन लायनले दुई र मिचेल स्टार्क र ट्रैविस हेडले एक–एक विकेट लिए।

चाथौं दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २२८ रन बनाएको थियो। पाँचौँ दिन उसले ६ रनमात्रै जोड्न सक्यो।

यो म्याचमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। अस्ट्रेलियाले पहिलो इनिङमा ४७४ रनको विशाल स्कोर खडा गरेको थियो। जवाफमा भारतले पहिलो इनिङमा ३६९ रन बनाएको थियो।

प्रकाशित: १५ पुष २०८१ १५:३३ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast