माओवादीनिकट विद्यार्थी संगठनको अध्यक्षको उम्मेदवार बन्न ३२ वर्ष मुनिको हुन अनिवार्य

हिमाल प्रेस १५ पुष २०८१ ६:२४ | Monday, December 30, 2024
माओवादीनिकट विद्यार्थी संगठनको अध्यक्षको उम्मेदवार बन्न ३२ वर्ष मुनिको हुन अनिवार्य

काठमाडौँ- नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा उमेर हद लागेको छ। गत शनिबार भएको उमेर हद लाउने वा नलगाउने प्रस्तावमा ‘३२ वर्षे उमेर हद’ बहुमत आएको छ।

आइतबार राति सार्वजनिक नतिजाअनुसार, १ हजार ७८९ मत खसेकामा ९०० मत ३२ वर्षको उमेरहद लगाउने पक्षमा परेको छ। उमेर हद नलगाउने पक्षमा ९७९ मत परेको छ। २१ मतको अन्तरले उमेर हद लगाउने प्रस्तावको जित भएको निर्वाचन समितिले जनाएको छ। १० मत बदर भएका छन्। कुल मतदाता भने २ हजार ३९८ थिए।

निर्वाचन समितिले दोसो चरणको केन्द्रीय समितिको पदाधिकारी। केन्द्रीय सदस्य तथा आयोगका पदाधिकारीहरूको निर्वाचन कार्यक्रम पनि प्रकाशन गरेको छ।

प्रकाशित: १५ पुष २०८१ ६:२४ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast