बेलायती राजदूतले जानकी मन्दिरमा मनाए वैवाहिक वर्षगाँठ

हिमाल प्रेस १३ पुष २०८१ १३:३६ | Saturday, December 28, 2024
बेलायती राजदूतले जानकी मन्दिरमा मनाए वैवाहिक वर्षगाँठ

काठमाडौँ- नेपालका लागि बेलायती राजदूत रब फेनले जनकपुरधामको जानकी मन्दिरमा २२ औँ वैवाहिक वर्षगाँठ मनाएका छन्।

उनले श्रमती जुलियासँग जानकी मन्दिर पुगेर वैवाहिक वर्षगाँठ मनाएका हुन्। वैवाहिक वर्षगाँठ मनाउँदा राजदूत फेनले मैथिली परम्पराअनुसार शीरमा ‘मौर’ लगाएका छन्।

प्राचिन मिथिलाको राजधानी जमकपुरलाई वैवाहिक भूमिको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाम पुगेर वैवाहिक वर्षगाँठ मनाएको फेनले बताएका छन्। वैवाहिक वर्षगाँठ मनाउन आफू जमकपुर गइरहेको भिडियो सन्देश उनले शुक्रबार सामाजिक सञ्जालमार्फत साझा गरेका थिए।

प्रकाशित: १३ पुष २०८१ १३:३६ | Saturday, December 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast