बारतको निर्देशनमा ‘जंगली काँडा’ सार्वजनिक हुँदै

हिमाल प्रेस ९ पुष २०८१ १२:५८ | Tuesday, December 24, 2024
बारतको निर्देशनमा ‘जंगली काँडा’ सार्वजनिक हुँदै

काठमाडौँ- नाट्यकर्मी बारात लिम्बूको निर्देशनमा म्युजिक भिडियो ‘जंगली काँडा’ सार्वजनिक हुने भएको छ। गीतको टाइटलसँगै मंगलबार पोस्टर सार्वजनिक गरिएको छ।

बारात एक दशकदेखि नेपाली रंगमञ्च र फिल्म क्षेत्रमा अभिनय तथा निर्देशन गर्दै आइरहेका छन। गीतको भिडियो चाँडै नै युट्युब च्यानलबाट सार्वजानिक गरिने निर्देशक बारतले बताए।

उनका अनुसार गीतको भिडियोमा मगर गाउँमा होम स्टे सञ्चालन गरेर बसेकी एक युवतीको प्रेम कथा देख्न सकिनेछ। सुमन तामाङले छायांकन गरेको भिडियोको विकास धमलाले सम्पादन गरेका हुन्।

कुमार गुरुङको शब्द तथा संगीत रहेको गीतमा नन्दु गुरुङको स्वर छ। गीतको भिडियोमा कलाकार बादल श्रेष्ठ, क्रिस गुरुङ, तुल्सा सरुमगरसहित पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङलेसमेत अभिनय गरेका छन्।

सिलाम साक्मा प्रोडक्सन हाउसको प्रस्तुति रहेको गीतको पोष्टर अर्जुन खड्काले डिजाइन गरेका हुन्।

प्रकाशित: ९ पुष २०८१ १२:५८ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast