फेरि सर्‍यो अखिल क्रान्तिकारीको नेतृत्व चयनको निर्वाचन

हिमाल प्रेस १५ पुष २०८१ ७:२९ | Monday, December 30, 2024
फेरि सर्‍यो अखिल क्रान्तिकारीको नेतृत्व चयनको निर्वाचन

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनको निर्वाचन फेरि सरेको छ। आउँदो पुस १७ लाई तोकिएको निर्वाचन धकेलेर माघ १२ लाई पुर्‍याइएको छ।

‘निर्वाचनको कार्यक्रम २०८१ पौष १५ गते मनोनयन दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएकोमा विशेष कारणबस उक्त कार्य तालिका संशोधन गरी निर्वाचन समितिको आज बसेको बैठकको निर्णय अनुसार आगामी २०८१ माघ ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने प्रक्रिया सुरु गरी मतदान कार्य आगामी २०८१ माघ १२ गते शनिवारका लागि तोकिएको छ,’ प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जारी गरेको सूचनामा उल्लेख छ ।

अन्य कार्यतालिका पछि प्रकाशित गरिने छ। यसअघि शनिबार ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेबारे निर्णय लिन मतदान भएको थियो। जसमा उमेर हदको पक्षमा बहुत आएको छ।

प्रकाशित: १५ पुष २०८१ ७:२९ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast