प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट

हिमाल प्रेस ३ पुष २०८१ १३:१४ | Wednesday, December 18, 2024
प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदुत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबईमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन यूएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरे। सो अवसरमा दुई देशबीचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुनसक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो।

प्रकाशित: ३ पुष २०८१ १३:१४ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast