पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि

हिमाल प्रेस ११ पुष २०८१ १०:४४ | Thursday, December 26, 2024
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि

पोखरा- जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ। पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा प्रथम हुने समूहले नगद तीन लाख रुपैयाँ नगदसहित पदक एवं प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुनेलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष किरण राईले बताए।

प्रतियोगिता आयोजक समितिले प्रतिस्पर्धामा भाग लिन चाहने समूहलाई यही पुस २० गते भित्रमा आवेदन दर्ता गर्न आज एक सूचना निकालेर आह्वान गरेको छ।

प्रकाशित: ११ पुष २०८१ १०:४४ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast