 
                             
                                            पोखरा- पोखराको सेती नदी खोंचमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।
पोखरा महानगरपालिका-९ स्थित पार्वती टोल नजिकै गएराति करिब सवा ९ बजे हिँड्ने क्रममा स्थानीय ६१ वर्षका उजिरबहादुर पुन एक्कासि खोंचमा खसेका थिए।
खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई पुनको सकुशल उद्धार गरेको कालिका गणका गणपति एसपी अरुण शर्माले जानकारी दिए।
पुन घरदेखि नजिकै डिँड्ने क्रममा अचानक धाँजा फाटेको ठाउँमा करिब १५ मिटर तल खोंचमा खसेको थिए। सशस्त्र प्रहरीको उद्धार टोलीले राति १० बजेर २० मिनेटमा उद्धार गर्न सफल भएको हो।
उनको टाउकोमा सामान्य चोट लागेको छ। पुनको हाल गण्डकी मेडिकल कलेज, नयाँबजारमा उपचार भइरहेको एसपी शर्माले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 