नक्कली प्रमाणपत्रको आरोपमा बीपी कोइराला अस्पतालका असिस्टेन्टविरुद्ध मुद्दा दायर

हिमाल प्रेस ७ पुष २०८१ १५:०८ | Sunday, December 22, 2024
नक्कली प्रमाणपत्रको आरोपमा बीपी कोइराला अस्पतालका असिस्टेन्टविरुद्ध मुद्दा दायर

काठमाडौँ– शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल- भरतपुर, चितवनका जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध मुद्दा दायर भएको छ। जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि नेपालले नक्कली प्रमाणपत्र पेस गरेको पाइएपछि आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएको उजुरी आयोगमा परेको थियो। अनुसन्धानका क्रममा उनको एसएलसीको लब्धाङ्क पत्र र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंबाट जारी भएको चारित्रिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम उनलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ।

प्रकाशित: ७ पुष २०८१ १५:०८ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast