त्रिभुवन विश्वविद्यालयले माग्यो २६ उपप्राध्यापक

हिमाल प्रेस ८ पुष २०८१ ८:५८ | Monday, December 23, 2024
त्रिभुवन विश्वविद्यालयले माग्यो २६ उपप्राध्यापक फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा नियुक्त गर्नेगरी २६ जना उपप्राध्यापक मागेको छ।

सोमबार सूचना जारी गर्दै संस्थानले २६ जना उपप्राध्यापक करारमा नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो। संस्थानले २६ छुट्टाछुट्टै विषयका लागि उपप्राध्यापक मागेको हो। करार अवधि कम्तिमा १ वर्ष भनिएको छ।

योग्य तथा इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको २८ दिनभित्र आवेदन फाराम बुझाउन भनिएको छ।

प्रकाशित: ८ पुष २०८१ ८:५८ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast