काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को समूह चरणको अन्तिम खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग १०१ रनमा अलआउट भएको छ।
टस हारेर ब्याटिङ गरेको कर्णाली १९.५ ओभरमा अलआउट भएको हो। प्लेअफमा स्थान बनाउन कर्णालीका लागि जित आवश्यक छ। कर्णालीले जितेमा वा साघुरो हार व्यहोर्दा मात्र प्लेअफ पुग्ने सम्भावना छ।
यता सुदूरपश्चिम भने कर्णालीमाथि जित निकाल्दै शीर्षमा परेर प्ले अफ पुग्ने योजनमा छ। कर्णालीका लागि जिशान मक्सुदले ३० रन बनाए।
विलियम बोसिस्टोले १६, बाबर हायातले १३, सोमपाल कामीले ११ र च्याडविक वाल्टनले ११ रन बनाए। सुदूरपश्चिमका लागि हर्मित सिंहले ३, दीपेन्द्र सिंह ऐरी र स्कट कुगेलेइनले २ तथा, सैफ जैबले १ विकेट लिए।
प्रकाशित: १ पुष २०८१ १०:४५ | Monday, December 16, 2024
प्रतिक्रिया





