कर्णालीले सुदूरपश्चिमविरुद्ध हार्‍यो टस, ब्याटिङ गर्ने

हिमाल प्रेस १ पुष २०८१ ८:४६ | Monday, December 16, 2024
कर्णालीले सुदूरपश्चिमविरुद्ध हार्‍यो टस, ब्याटिङ गर्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ।

टीयू क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन्। सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगिसकेको छ। उसको नेट रनरेट राम्रो भएका कारण उसले आजको खेल हारेको स्थितिमा पनि क्वालिफायर खेल्ने पक्का हुनेछ।

कर्णालीले भने आजको खेल जित्न आवश्यक रहन्छ। समान ८ अंकका साथ पाँचौ स्थानमा काठमाडौँ गुर्खाज छ। नेट रनरेटका आधारमा कर्णाली चौथो स्थानमा आएको हो।

सुदूरपश्चिमसँग फराकिलो अन्तरले कर्णाली ‍पराजित भए काठमाडौँ प्लेअफ पुग्ने सम्भावना रहन्छ। कर्णाली झिनो अन्तरले मात्रै पराजित भएको खण्डमा भने ऊ आफै प्लेअफ पुग्ने सम्भावना रहन्छ।

प्रकाशित: १ पुष २०८१ ८:४६ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast