काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ। टीयू क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेका हुन्। सुरुवाती दुवै खेलमा जितेको जनकपुर त्यही लयलाई निरन्तरता दिन चाहन्छ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो। पोखरा आफ्नो पहिलो खेलमा पराजित भएको थियो।पोखरा कुशल भुर्तेलको र जनकपुर अनिल शाहको कप्तानीमा रहेको छ।
प्रकाशित: २० मंसिर २०८१ ८:४८ | Thursday, December 5, 2024
प्रतिक्रिया





