काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा जनकपुर बोल्ड्सले टस जितेर बलिङ रोजेको छ। जनकपुरका कप्तान अनिल शाहले टस जितेसँगै बलिङ रोजेका हुन्। यता अब सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको छ।
यी दुई टोली जारी एनपिएलकै हाइलाइटेड टोलीहरु हुन्। यो खेल किन पनि चर्चामा छ भने एकै परिवारका दुई दाजुभाइ आरिफ सेख र आसिफ सेखबीच पनि प्रतिस्पर्धा हुनेछ। आरिफ सुदूरपश्चिमबाट र आसिफ जनकपुरबाट प्रतिनिधित्व गर्छन्। आसिफ जनकपुरका मार्की खेलाडी पनि हुन्। आजको खेल यी दुई दाजुभाइका कारण पनि चर्चामा छ।
खेल बिहान ९ बजे सुरु हुनेछ ।
प्रकाशित: २६ मंसिर २०८१ ८:३३ | Wednesday, December 11, 2024
प्रतिक्रिया





