जनकपुरको अपराजित यात्रामा ‘ब्रेक’, सुदूरपश्चिमको सानदार जित

हिमाल प्रेस २६ मंसिर २०८१ ११:४७ | Wednesday, December 11, 2024
जनकपुरको अपराजित यात्रामा ‘ब्रेक’, सुदूरपश्चिमको सानदार जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ। समूह चरणमा सुदूरपश्चिम रोयल्सको घातक बलिङका कारण जनकपुर स्तब्ध बनेको हो। सुदूरपश्चिमले सुरुवाती चरणबाटै विकेट निकाल्दा जनकपुरका कुनै ब्याटर चल्न सकेनन्।

सामान्य १२४ रनको लक्ष्य पछ्याउन समेत जनकपुर चुक्दा शीर्षमा रहेर माथिल्लो चरणमा पुग्ने लक्ष्य पूरा हुन सकेन। पहिलो ६ ओभरमा जनकपुरले ५ विकेटको क्षतिमा ३७ रन बनाएको हो ।

१.२ ओभरमा कप्तान अनिल साह शून्य रनमा आउट भए । उनलाई सुदूरपश्चिमका सैफ जैबले आउट गरे। २.४ ओभरमा आसिफ शेख ४ रनमा आउट भए । उनलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरे। २.६ ओभरमा हर्ष थाकेर ५ रनमा रन आउट भए।

यस्तै, सुदूरपश्चिमका इशान पाण्डेले २ विकेट लिए। उनले ३.३ ओभरमा लाहिरु मिलन्थालाई ७ र शुभ कंशकारलाई शून्य रनमा आउट गरे। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित: २६ मंसिर २०८१ ११:४७ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast