चितवनले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा लुम्बिनी

हिमाल प्रेस २५ मंसिर २०८१ ८:४६ | Tuesday, December 10, 2024
चितवनले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा लुम्बिनी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को नवौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेको छ। टीयू क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले बलिङ रोजेका हुन्।

खेलेका सबै ४ मा पराजित लुम्बिनीले दबाबमा छ। आजको खेल पनि गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ। लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

चितवन भने ४ खेलमा ३ जित र १ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। सुरुवाती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।

पछिल्लो खेलमा भने चितवनले प्रतियोगिताकै बलियो मानिएको टोली सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो।

प्रकाशित: २५ मंसिर २०८१ ८:४६ | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast