चितवनलाई लुम्बिनीले दियो १६८ रनको लक्ष्य

हिमाल प्रेस २५ मंसिर २०८१ १०:४१ | Tuesday, December 10, 2024
चितवनलाई लुम्बिनीले दियो १६८ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलको चितवन राइनोजलाई लुम्बिनी लायन्सले १६८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाउन सक्यो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ८१ रन प्रहार गरे। उनले ५ छक्का र ५ चौकासहित विष्फोटक प्रहार गरेका थिए। पावर प्लेमा लगालग विकेट गुमाएको लुम्बिनीलाई रोहितले क्रिज समालेसँगै लयमा आएको थियो। रोहितलाई क्यानेडियन ब्याट्सम्यान सादबिन जाफरले साथ दिएका थिए। उनीहरूबीचको साझेदारी नै १०० माथि पुगेको थियो।

जसमा जाफरले मात्रै ५२ रन बनाए। ओपनर अर्जुन साउदले १५ र टोम मुरले १० रन प्रहार गर्न बाहेक अन्य ब्याटरले दोहोर रन प्रहार गर्न सकेनन्। चितवनका लागि रिजन ढकालले ३ विकेट, कप्तान कुशल मल्लले १ र रन्जित कुमारले १ विकेट लिएका थिए। अबको केहीबेरमा चितवन ब्याटिङमा आउनेछ।

प्रकाशित: २५ मंसिर २०८१ १०:४१ | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast